दमौली । जेन जी आन्दोलनका क्रममा २०८२ साल भदौ २३ र २४ गते शहीद भएका नागरिकप्रति दमौलीमा एलायन्स क्लबले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
शहीदहरूको सम्झनामा दीप प्रज्वलन र मौनधारण गरिएको कार्यक्रमबारे क्लबका अध्यक्ष अमित कैनीले जानकारी दिए । कार्यक्रममा स्थानीय सरोकारवाला, युवाहरूको सहभागिता रहेको थियो ।