तनहुँ, भदौ ३१ ।
भानु नगरपालिका वडा नम्बर ९ रानीपानीमा गएराति करिब १० बजे एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
ग ५ प १६५५ नम्बरको मोटरसाइकलसहित सडकमा भेटिएका ती व्यक्ति भानु ९ बाइसजागरमा व्यवसाय गर्दै आएका ३८ वर्षीय रबिन्द्रमल्ल रहेको इलाका प्रहरी कार्यालय भानुले पुष्टि गरेको छ ।
इलाका प्रहरी कार्यालय भानुका प्रमुख दिपक कुँवर नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।