तनहुँमा भदौ २४ गते भएको प्रदर्शनका क्रममा सरकारी तथा निजी भवनहरूमा आगजनी र तोडफोडसँगै कागजात, बहुमूल्य सामग्री तथा नगद सहितका जिन्सी सामान लुटपाट भएको आशंका गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक सूचना जारी गर्दै यस्ता सामानहरू कसैले सञ्चय, खरिद वा बिक्री नगर्न आग्रह गरेको छ।साथै सो सम्बन्धी कुनै जानकारी भएमा वा सामान प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा बुझाउन समेत अनुरोध गरिएको छ।
प्रहरीले चोरी वा लुटपाट भएका सामानहरूको खरिद–बिक्री वा सञ्चय गरेको पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ।
सम्पर्कका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ, कटोलमा सम्पर्क गर्न सकिनेछ। यसका लागि प्रहरी नायब उपरीक्षक तथा सूचनाअधिकारी अशोक थापाले ९८५६०९०१७८ वा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन्।