तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको साझा संस्था बैंकर क्लब अफ दमौलीले तदर्थ समिति गठन गरेको छ।
पूर्व अध्यक्ष राजु रानाको उपस्थितिमा गठन गरिएको समितिको संयोजक तोरणबहादुर विक, सहसंयोजक कल्पना सुनार, सचिव सुदिप न्यौपाने, कोषाध्यक्ष सुमित बस्नेत र सदस्यहरूमा सरोज जमरकट्टेल, उज्जवल घिमिरे, मिलन पहाडी, नारायण भट्ट, दिवाकर भण्डारी, अर्जुन थापा, रुद्रजंग गुरुङ, सुमन तिम्सिना, भोजकुमार कार्की, सुशील सापकोटा, ओमराज गुरुङ, शालिग्राम गिरी र सुनिता शाही चयन भएका छन्।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष रानाले क्लबले स्थानीयस्तरमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको उल्लेख गर्दै कोभिड–१९ को कठिन परिस्थितिमा नगरवासीको जीवनरक्षाका लागि व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको स्मरण गराए।
यस अवसरमा व्यास नगरपालिका भित्र क्रियाशील बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूको उल्लेख्य सहभागिता रहेको क्लबका सचिव सुदिप न्यौपानेले जानकारी दिए।