पूर्व प्रधानन्यायाधीश सुशील कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति शीतल निवासमा कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस अघि शीतल निवासमा बसेको छलफलले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति गरेको थियो ।

जेनजी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदच्युत भएपछि नयाँ अन्तरिम सरकार गठन भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।