तनहुँ । व्यास बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट अध्यक्षमा पुनः प्रदीपराज अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा त्रिभुवन श्रेष्ठ, सचिवमा केशव भट्टराई, कोषाध्यक्षमा चिरौकजि बतास चयन भएका छन् । सदस्यमा कोपिला थापा, प्रेम कुमार श्रेष्ठ, बेदकुमारी काफ्ले बग्ले, नविन बस्ति र सुदेव भुमि निर्वाचित भएका छन् ।

यसैगरी, लेखा समितिको संयोजकमा राजेश्वर हड्खले, सदस्यमा दुर्गाविलास भट्टराई र सिता पाण्डे निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।