दमौली । आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्वमा केश ब. सुनार विजयी भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा खसेको ६७७ मतमध्ये सुनारले ३७३ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कमलामोहन वाग्लेले २३३ मत र चुडामणि दाहालले ६० मत प्राप्त गरेका थिए ।
सदस्यहरु सबैभन्दा धेरै मत बिबेक भट्टराईले ५०२ मत पाए । त्यस्तै, मोहन गिरी ५००, डा. ईश्वरचन्द्र वाग्ले ४९२, सुनिल मिश्र ४९०, रामकृष्ण बि.क. ४६९, संगित घिमिरे ४६१, सोमराज सिग्देल ५३५, भरत पन्थ ४१९, श्रीराम कार्की ४१७, निर्मल पण्डित ३४१, ईश्वर बहादुर बिष्ट ३३४ र भाग्यशाली ढुङ्गाना ३१४ मतसहित विजयी भएका छन् ।
त्यसैगरी सुरेन्द्र पौडेल र गोपाल सुर्खालीले समान ३०३–३०३, शिवहरि धिताल २८८, रामजी प्रसाद तिमल्सेना २७८, पदमराज सुवेदी १९९ र गजेन्द्रराज पन्थ १९५ मत प्राप्त गरेका थिए ।