सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि फेसबुक, म्यासेन्जरको माउ कम्पनी मेटाले तत्कालै प्रतिक्रिया जनाएको छ। मन्त्रिपरिषद्ले सात दिनभित्र दर्ता हुनुपर्ने निर्णय गरेको र म्याद सकिएलगत्तै सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल क्रमशः बन्द गर्ने चेतावनी दिएपछि मेटा हच्किएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार, बुधबार साँझ करिब पौने ५ बजे मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल मार्फत कम्पनी दर्ताका लागि आवश्यक पर्ने कागजातबारे विवरण मागेका हुन्।

प्रवक्ता ठाकुरले भने,

“मेटाका प्रतिनिधिले दर्ता प्रक्रिया सुरु गर्न आवश्यक पर्ने कागजात बारे जानकारी मागेपछि हामीले पौने पाँच मै त्यसको विस्तृत विवरण पठाइ सकेका छौं।”

यसअघि सरकारले तोकेको समयसीमा भित्र आवेदन नदिएका सामाजिक सञ्जाललाई नेपालमा बन्द गर्ने तयारी गरेको थियो। सोही कारण अब मेटाले औपचारिक रूपमा कम्पनी दर्ता प्रक्रिया अघि बढाउने संकेत गरेको देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।