दमौली नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको

नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट शाखाका सभापति ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुखवैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाका सभापति एवम् नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य प्रा.डा. कृष्ण प्रसाद गौतम हुनु भएको थियो

त्यस्तै व्यास१० का वडा अध्यक्ष खेमराज पोखरेल, नेपाल रेडक्रस सोसाइटी गण्डकीका महासचिव रामदत्त पौडेल, नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सुर्यचन्द्र हडखले, रेडक्रस कर्मि केसु गुरुङ लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको स्थापना कालदेखि अहिलेसम्मका क्रियाकलापबारे चर्चा गरिएको थियो ।कार्यक्रममा रेडक्रसले विपद् व्यवस्थापनदेखि सामाजिक सेवा सम्मको महत्वपूर्ण योगदानबारे जानकारी दिइएको थियो उक्त रक्तदान कार्यक्रममा ११ जनालेरक्तदान गरेका थिए

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट शाखाका सचिव टिकाराम दाहालले गर्नुभएको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।