तनहुँ, भदौ १९ ।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकी नगरपालिका, तनहुँको चौथो नगर अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश सचिव बिमल जि सीको आतिथ्य रहेको थियो । परिषदको अध्यक्ष तुलसी कुमारी श्रेष्ठको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित समितिमा अध्यक्षमा कुल कुमार कुमाल, उपाध्यक्षमा सुरेन्द्र कुमार तामाङ, सचिवमा विर्सना श्रेष्ठ, कोषाध्यक्षमा अमर राज थापा, सह–सचिवमा कुल प्रसाद गुरुङ, सह–कोषाध्यक्षमा निरु भुजेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा दिपक ज्वारचन, याम कुमारी भुजेल, कुल बहादुर कुमाल, सफल आले र सुरेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।