तनहुँ जिल्लाको सदरमुकाम दमौली प्रशासन मुख्य चोकमा रहेको स्वर्गीय राजा महेन्द्रको सालिक २०६२/६३ सालको जनआन्दोलनको क्रममा भत्किएर लामो समयसम्म वेवारिसे अवस्थामा रहेको थियो। करिब दुई वर्षअघि सो सालिकको पुनर्निर्माण गरिएको थियो।
यसअघि पटक–पटक जिल्ला समन्वय समिति र व्यास नगरपालिकालाई आकर्षक पार्क निर्माण गर्दै नेपाल आधुनिक विकासका नायक राजा महेन्द्रको ऐतिहासिक सालिकको संरक्षणका लागि पहल गर्दै आएकोमा हाल व्यास नगरपालिकाले उक्त स्थानबाट राजा महेन्द्रको सालिक हटाई अन्य सालिक राख्ने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि राप्रपा तनहुँका अध्यक्ष विनोद घर्ति र राप्रपा व्यास नगर कमिटीले नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
अध्यक्ष घर्तिले नगरपालिकाको उक्त निर्णयलाई कुनै हालतमा मान्य नहुने स्पष्ट पार्दै, “हामी इतिहास संरक्षणका पक्षमा छौँ, यो कुनै राजनीतिक लाभका लागि गरिएको विरोध होइन” भनेका छन्।
नगर प्रमुख न्यौपानेले यस विषयमा छलफलमार्फत समाधान खोज्ने आश्वासन दिनुभएको छ।
राप्रपाले जारी गरेको ध्यानाकर्षण पत्रमा तनहुँवासी सम्पूर्ण जनतालाई सचेत रहन आग्रह गर्दै विकासको नाममा इतिहास मेट्ने काम नगर्न नगरपालिकालाई चेतावनी दिइएको छ।