तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका थर्पु बजार नजिक राति ११ बजे पृथ्वी राजमार्गमा भएको सडकदुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन्।

पोखराबाट दमौलीतर्फ आइरहेको .२१प ३०३६ नम्बरको स्कुटर विपरीत दिशाबाट आउँदै गरेको .२३प ८००७ नम्बरको स्कुटरआपसमा ठोक्किँदा दुबै स्कुटर चालक घाइते भएका थिए। घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकोमा, सोहीक्रममा .२१प ५११४ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भई दुर्घटनास्थलमा पुगेको घाइतेलाई ठक्कर दिएको प्रहरीले जनाएकोछ।

दुर्घटनामा .२१प ३०३६ नम्बरको स्कुटर चालक विजय थापा क्षेत्री (३२ वर्ष, म्याग्दे, तनहुँ) गम्भीर घाइते भई अनुहार खुट्टामा चोटलागेका थिए। उनलाई उपचारका क्रममा राति ११:४२ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

.२३प ८००७ नम्बरको स्कुटर चालक प्रबिन क्षेत्री (१९ वर्ष, पोखरा१७, कास्की) बायाँ आँखामा चोट लागी मध्यम घाइते भएका छन्।बोल्न सक्ने अवस्थामा रहेका उनलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको छ।

त्यसैगरी, दुर्घटनापछि घाइतेलाई ठक्कर दिने .२१प ५११४ नम्बरको मोटरसाइकल चालक सहनशील थापा (२० वर्ष, पोखरा२१, कास्की) प्रहरी नियन्त्रणमा रहेको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।