चितवन, भदौ १६ – नारायणगढबाट लमजुङ चितितर्फ गइरहेको ग १ ख ४१४० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प६९९२ नम्बरको मोटरसाइकल चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतक तनहुँ भिमाद नगरपालिका–२ का किसान बि.क. रहेको प्रहरीले पुष्टि गरेको छ।