व्यास नगरपालिका–११ निवासी मिनानाथ पन्थ र पवित्रा देवी पन्थकी २७ वर्षीया छोरी, पूर्णअशक्त अपाङ्गता भएकी सविना पन्थलाई विशेष व्यवस्था अन्तर्गत २०८२ साल भाद्र १५ गते (शनिबार), नागरिकता वितरण गरिएको छ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी स्वयं निजकै घरमा पुगेर सविना पन्थलाई नागरिकता हस्तान्तरण गर्नुभएको हो। यसरी घरमै पुगेर नागरिकता वितरण गरिएको यो कदम अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सुविधा सुनिश्चित गर्न तर्फको उदाहरणीय पहल मानिएको छ।