भिमाद, तनहुँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) भिमाद नगरपालिका वडा नम्बर ३ वडा कमिटीको तेस्रो पूर्ण बैठक आज भव्यरुपमा सम्पन्न भएको छ।
बैठकमा नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य तथा भिमाद नगरपालिका वडा नम्बर ३ का इन्चार्ज आदरणीय कमरेड सूर्यप्रकाश तिमल्सेना प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै, भिमाद नगरपालिका नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष आदरणीय पदमराज सेनको विशेष आतिथ्य रहेको थियो।
सोही अवसरमा साविक माझकोट गाविसका पूर्व उपाध्यक्ष आदरणीय कमरेड धर्मराज सेनलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ।