तनहुँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने आइतबार शुक्लागण्डकी नगर कमिटिले आयोजना गरेको भेटघाट तथा बधाई कार्यक्रममा भावुक बनेकी छन् ।
पार्टी कार्यकर्तासँगको भेटघाट क्रममा मन्त्री न्यौपाने विगतको संघर्ष, योगदान र कार्यकर्ताको साथ सम्झँदै भावुक भई मन थाम्न नसकेकीहुन् । कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा कार्यकर्ताको अटूट साथ र विश्वासकै कारण यहाँसम्म आइपुग्न सम्भव भएको बताइन् ।
कार्यक्रममा स्थानीय नेता कार्यकर्ताले मन्त्री न्यौपानेलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा जनताको पक्षमा अझ सबल काम गर्ने विश्वासव्यक्त गरेका थिए ।