तनहुँ,
ब्यास नगरपालिका–११ मा सञ्चालित स्लेट ढुङ्गा खानी उद्योगमा आवद्ध श्रमिकहरुलाई लक्षित गरी सुरक्षा र आचरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
ब्यास नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख इन्दिरा दरै रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथि रूपमा वडा नं. ११ का अध्यक्ष दल बहादुर दुरा, वडा नं. १० का अध्यक्ष खेमराज पोखरेल, वरिष्ठ प्रशासकीय अधिकृत तथा उद्योग, पर्यटन, श्रम तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख राजेन्द्र कार्की लगायतको उपस्थित रहेको थियो।
कार्यक्रमले खानी क्षेत्रमा कार्यरत श्रमिकहरुको पेशागत सुरक्षा, आचरण र श्रम अधिकार सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको जनाइएको छ।