काठमाडौं, भदौ ९
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा मुलुकका विभिन्न क्षेत्रमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा छलफल भएको छ ।

बैठकले तनहुँको भिमादसहित देशका २३ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गर्ने उच्च सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सो सम्बन्धी प्रस्ताव गत भदौ ६ गते नै मन्त्रिपरिषदमा पेश गरिसक्नु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।