पोखरा । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत घिमिरे चयन भएका छन् । पोखरामा सम्पन्न प्रदेशस्तरीय भेला तथा अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिमा उपाध्यक्ष बालकृष्ण कोइराला, सचिव भिमसेन क्षेत्री (भिम केसी), कोषाध्यक्ष लिला मोहन कुईकेल रहेका छन् । त्यस्तै सदस्यमा उमानाथ आचार्य, प्रेमबहादुर घिमिरे र मङ्गल कुमाल चयन भएका छन् ।

अधिवेशन उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष उमाकान्त शर्माले हेभी इक्विपमेन्ट व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए । उनले राज्यले पनि यो क्षेत्रमा प्राथमिकता दिएर नीतिगत सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा अटोवेज ग्रुपका अध्यक्ष नारायणप्रसाद पौडेलले विकास निर्माण क्षेत्रमा हेभी इक्विपमेन्ट व्यवसायको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशबाट सुरु भएको प्रदेशस्तरीय महासंघ गठन प्रक्रिया क्रमशः अन्य प्रदेशमा पनि विस्तार गरिने जनाइएको छ । महासंघले यसमार्फत व्यवसायीलाई संगठित र सक्रिय बनाउन तयारी थालेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।