काठमाडौं साविक स्थानीय निकाय तथा हालका स्थानीय तहका कर्मचारी संघका निर्वतमान महासचिव सुनिल पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई सुशासन, समान व्यवहार कर्मचारीको आत्मसम्मान सुनिश्चित गर्न माग गर्दै खुला पत्र लेखेका छन्।

खुला पत्र

प्रति,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

मा. भगवती न्यौपाने ज्यू                                                                                          

विषय: सुशासन, समान व्यवहार राष्ट्रसेवक कर्मचारीको आत्मसम्मान सुनिश्चितताको अपेक्षाबारे

आदरपूर्वक,

माननीय मन्त्रीज्यू, तपाईँको नेतृत्वमा बितेको एक महिनाको कार्यकाल पूरा भएको अवसरमा हामी, साविक स्थानीय निकाय हालकास्थानीय तहका कर्मचारीहरू, हाम्रो ह्रदयको गहिराइबाट हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो गहिरो भावना प्रस्तुत गर्न चाहन्छौँ

तपाईँको मनमा छताछुल्ल भएर बगेको सुशासन कायम गर्ने तीव्र इच्छा, नागरिकसम्म छिटो चुस्त सेवा पुगोस् भन्ने उत्कट आकांक्षा, इतिहासभरि मन्त्रालयबारे बनेको नकारात्मक बुझाइलाई आमूल परिवर्तन गर्ने साहसी संकल्प  हाम्रो लागि ठूलो आशा बनेको हामीलाई थाहा , तपाइको दैनिकी व्यस्त ! निजामति प्रशासक, कर्मचारी निजामति ट्रेड युनियन पधाधिकारिहरुको दरिलोपरिधिभित्र रहेर काम गर्नुपर्ने बाध्यता ! तर त्यहि घेराभित्र बसेर पनि तपाइँ राज्यको उपस्थिति प्रत्येक नागरिकको घरघरमा पुर्याउनेमहत्वाकांक्षा बोकेर दिनरात संघर्षरत हुनुहुन्छ भन्ने कुराले हामीलाई हौसला दिन्छ !

हामीलाई अझै याद सामाजिक सुरक्षा भत्ता वितरणका लागि जोखिम बोकेर, त्रास भयबीच, जनयुद्धकालीन कठिन समयमा समेत हामी स्थानीयकर्मचारीहरूले गाउँगाउँमा पुगेका थियौँ प्रत्येक जेष्ठ नागरिकं अशक्त, अपाङ्ग, एकल महिला विपन्न परिवारको घरदैलोमाराज्यको उपस्थितिको अनुभूति गरायौ। स्थानीय स्वायत्तता विकेन्द्रीकरणको अभ्यासदेखी ३९१५ गाविस, लगायत अन्य सरकारीनिकायका निजामति कर्मचारी झोलामा गा बि बोकेर सदरमुकाम मात्र केन्द्रित जागिर पकाउदाको अवस्थामा द्वन्दको त्रासदी हुदैआजकोपरिस्थितिसम्म पनि हामीले ( साविक स्थानीय निकायका कर्मचारी ) कठिन यात्रामा बोकेको पिडा, रगत/पसिना, समर्पणलाइराज्यले औपचारिक रुपमा कदर गर्न सकेको छैन !

तर विडम्बनासंघीय संरचनामा समेत मेरुदण्डसरह काम गर्ने यी कर्मचारीहरू अझै पनि विभेद असमान व्यवहार  भोगिरहेका छन् अहिलेकोसंरचनामा स्थानीय तह नै संघिय प्रशासकहरुको वास्तविक क्रिडास्थल बनेको अन्याय शोषणको नमुना रंगशाला बनेको तितोसत्यको विषयमा कति परिचित हुनुहुन्छ ? अर्कातिर यिनैबाट निमुखा कर्मचारीलाई दास भन्दा माथि उठ्न नदिने प्रवृत्ति  अझै जीवित !

एउटै टेबलमा एउटै काम गर्दा पनि सेवामा भिन्नता,

एउटै जिम्मेवारी, तर तलब, सुविधा, पेन्सन व्यावसायिक विकासमा भेदभाव,

राष्ट्रसेवामा समान योगदान, तर अवसर, पुरस्कार विदेश अध्ययनतालिममा निरन्तर बेवास्ता

२०७३/७४ साल तिर जिविसका कर्मचारीलाई सबैभन्दा टाढा दुर्गम खटाएर बाकि स्थानमा अन्य व्यवस्थापन गर्ने भन्ने थापलियाकालिननिर्देशित परिपत्र  देखि समायोजन विभेद हुदै गत वर्ष उपदान सम्बन्धि गरिएको क्रुर अमानवीय परिपत्र सम्म तपाईका उच्च प्रशासकसंगअभिलेख झिकाई अध्ययन गर्न पनि नम्र निबेदन गर्दछु ! हामीलाई लाग्छराणा शासनमा रैति वा कमादारको सामान्य व्यवहार पाएकोअघिल्लो पुस्ता जस्तो पनि नभई आज आधुनिक लोकतन्त्रमा पनिआधुनिक प्रविधिमैत्री दासभैकन बस्न विवस भएको !  हालसम्म  कतिपय सहकर्मीहरूले वर्ष अघि नै अवकाश पाएर पनि उपदान नपाएको अवस्थासम्म कायम यो बिडम्वनाकोवास्तविकता तपाइको जिल्लामा समेत भन्ने उदाहरण हामीलाई चिरपरिचित !

राजप्रसाद सेवाबाट ल्याइएका  कर्मचारीलाई निजामति प्रशासनको मुख्य सचिवसम्म बनाइन्छ, तर जनसेवाबाट डण्डा लगाएरलखेटिएका दोश्रो तेश्रो दर्जाको नागरिक सरह व्यवहार गर्दै मौलिकताको घांटी निमोठिएका  स्थानीय कर्मचारीलाई अझै पनि दास सरहव्यवहार गरिन्छयो पीडादायी यथार्थ हो

माननीय मन्त्रीज्यू,

यो पटक पनि छलकपट गर्ने व्वाँसाहरूले तपाईँलाई रोक्न, स्वार्थका लागि झुक्याउन  प्रयास गर्नेछन। तर हामीलाई विश्वास  तपाईँको दृढता इमानदारीलाई कसैले कुठाराघात गर्न सक्दैन  सत्यका पक्षमा उभिनुभएको तपाईँलाई गलत व्याख्याले विचलित पार्न सक्दैन आज इतिहासले तपाईँलाई दिएको सुनौलो अवसर के हो भने : राष्ट्रसेवकको कहिले संज्ञा नपाएका, कहिल्यै सम्मान अधिकार नपाएका कर्मचारीको घाउमा मल्हम लगाउने, लोकतन्त्रलाई जनताको मात्र नभई पिडामा पारिएका अवसरबाट वन्चित कर्मचारीको जीवनमा पनि अनुभूत गराउने, प्रशासनलाई न्यायपूर्ण, आत्मसम्मानयुक्त समावेशी बनाउने हामी कर्मचारीहरू निरीह छैनौँहाम्रो मन कंचन , हाम्रो निष्ठा शुद्ध हाम्रो हातमा कलम , मुटुमा राष्ट्रप्रेम , जीवनमा सेवाभाव त्यसैले, तपाईँ अघि बढ्नुसहामी तपाईँसँगै छौँ  हौसला दिन्छौँ,  हातेमालो गर्छौँ, सुनौलो नेपाल निर्माणमा तपाईँको यात्रामा अविचलित साथ दिनेछौँ तपाइको यात्रामा अविचलित साथ दिन्छौ

हामीलाई विश्वास तपाइनै हाम्रा घाउमा मल्हम बन्ने शक्ति प्रेरणा बन्नुहुनेछ,  तपाईँकै नेतृत्वमा स्थानीय तहका कर्मचारीले पहिलोपटक आफूलाई सच्चा राष्ट्रसेवकको अनुभूति गर्नेछन्

शुभकामनासहित,

साविक स्थानीय निकाय तथा हालका स्थानीय तहका कर्मचारीहरूको तर्फबाट भनेर खुला पत्र लेखिएको

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।