तनहुँ । जिल्लामा शान्ति सुरक्षा कायम गर्दै आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता तनहुँ प्रहरीकानयाँ प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेक बहादुर कार्कीले व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आयोजना गरेको पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा एसपी कार्कीले जिल्लालाई शान्तिपूर्ण जिल्लाको रुपमा चिनाउन प्रहरीसँगै पत्रकार, नागरिक समाज लगायत सबै सरोकारवालाको सुझाव र सहयोग आवश्यक हुने बताए ।
उनले पृथ्वी राजमार्गमा बढ्दो सवारी दुर्घटना र तनहुँलाई लागुऔषध ओसारपसारको ट्रान्जिटका रुपमा प्रयोग हुने अवस्थालाई प्राथमिकताका साथ नियन्त्रण गर्ने योजना रहेको स्पष्ट पारे ।
साथै, पत्रकारसँगको सहकार्य मार्फत आम नागरिक बीच जनचेतना फैलाउने कार्यक्रमलाई समेत अघि बढाइने उनले उल्लेख गरे ।