पर्वत, भदौ १ — प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतले जिल्लाका १५ जना महिला सञ्चारकर्मीलाई सम्मान गरेको छ। हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष कमरेड गणेश पाण्डेको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा पत्रकारिताको क्षेत्रमा सक्रिय भई योगदान पुर्याउँदै आएकी महिला सञ्चारकर्मीलाई सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।