तनहुँ, १ भदौ । अखिल नेपाल महिला संघ (अनेमसंघ) तनहुँले नवलपुरको विनयत्रिवेणी गाउँपालिका अध्यक्ष गोमा पौडेल (सावित्री)कोहत्याप्रति गम्भीर खेद व्यक्त गरेको छ।
गत साउन ३० गते बिहान करिब १० बजे विनयत्रिवेणी–५ स्थित सर्ती टाँडीमा खेतमा काम गरिरहेको अवस्थामा उनका पति ५० वर्षीयमहेन्द्र पौडेलले छुरा प्रहार गरी हत्या गरेका थिए।
अनेमसंघ तनहुँकी अध्यक्ष सीता पाण्डेले आइतबार विज्ञप्ति जारी गर्दै यस घटनालाई ‘विर्भत्सपूर्ण र विडम्बनापूर्ण’ भन्दै निन्दा गरेकीछन्। विज्ञप्तिमा भनिएको छ, “महिला मुक्ति आन्दोलनकी एक अभियान्ता, सयौं महिलालाई न्याय दिलाउन सफल व्यक्तित्व, महिलाहिंसा विरुद्धकी एक योद्धा आफ्नै श्रीमानबाट ज्यान गुमाउनु विडम्बनाको विषय हो।”
समाजमा अझै महिला सुरक्षित नरहेको तथ्य यो घटनाले देखाएको भन्दै अनेमसंघले दोषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न मागगरेको छ।
विज्ञप्तिमा स्व. गोमा पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।