पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा शनिबार साइमन पार्टी प्यालेसमा सम्पन्न भएको छ।
कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष बोबरजंग गुरुङले २०८२ सालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भागीरथ सापकोटा प्रमुख अतिथि रहनुभएको थियो।
साधारण सभामा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ प्रमुख वक्ता रहनुभयो। नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडी लगायतको समेत उपस्थिति रहेको थियो।
गण्डकी प्रदेश भित्रका सबै जिल्लाबाट प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको सभामा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बास्तोलासहित विभिन्न क्षेत्रका सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो।