बन्दीपुर (तनहुँ), श्रावण २९ – बन्दीपुर गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधारभूत तहसम्मको शिक्षामा पूर्ण निःशुल्क तथा अनिवार्य शिक्षा प्रणाली लागू गरेको छ। यस अन्तर्गत अब कुनै पनि विद्यालयले कुनै पनि बहानामा शुल्क असुल्न नपाउने नियम लागू गरिएको छ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भीमप्रसाद लामिछानेका अनुसार, संविधान २०७२ र शिक्षा ऐन–नियमावलीमा व्यवस्था भए पनि कतिपय विद्यालयहरूले विगतमा विद्यार्थीहरूसँग शुल्क लिँदै आएका थिए। गाउँपालिकाले अब उक्त प्रवृत्ति अन्त्य गर्दै निःशुल्क शिक्षा कार्यान्वयनलाई कडाइ गर्ने बताएको छ।

यस सँगै विद्यालयहरूमा तहअनुसार स्थायी प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया समेत सुरु गरिएको छ। विगतमा अस्थायी, राहत, करार वा निजी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइँदै आएको भए पनि अब नियमअनुसार स्थायी पदाधिकारी नियुक्त गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।