तनहुँ, बन्दीपुर–१ डुम्रे बजार नजिकै पृथ्वी राजमार्गमा माइक्रोबस र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ। ठूलो ढुङ्गा नजिकै भएको उक्त दुर्घटनामा माइक्रोमा च्यापिएका चालक र केही यात्रुको उद्धार भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी तथा स्थानीयबासी उद्धार कार्यमा जुटिरहेका छन्। घाइतेहरूको विवरण र दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।