तनहुँ, साउन २९ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर–१, डुम्रे बजार नजिक बिहीबार अपरान्ह बस र विद्युतीय माइक्रोबस एकआपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य वा मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

सीएमसी अस्पताल, भरतपुर पठाइएका:

  • नाम, थर, वतन नखुलेको (माइक्रोबस चालक) — अवस्था गम्भीर

  • आशा दराई (२९), व्यास–१०, तनहुँ — अवस्था सामान्य

  • साइन दराई (२० महिना), व्यास–१०, तनहुँ — अवस्था मध्यम

  • गीता थापा कुँवर (३४), दोर्दी–२, लम्जुङ — अवस्था मध्यम

  • अंशु कुँवर (१८), दोर्दी–२, लम्जुङ — अवस्था सामान्य

  • बिशाल लामिछाने (२६), सुनौल–६, नवलपरासी — अवस्था मध्यम

  • सोम बहादुर परियार (२७), व्यास–१०, तनहुँ — अवस्था मध्यम

  • पर्शुराम भट्टराई (७४), भरतपुर–११, चितवन — अवस्था मध्यम

मणिपाल अस्पताल, पोखरा पठाइएका:

  • मेख कुमार गुरुङ (४२), पोखरा, कास्की — अवस्था मध्यम

  • क्षितिज शेरचन (३३), बेनी–८, म्याग्दी — अवस्था मध्यम

  • सम्झना ढकाल (२५), पोखरा–८, कास्की — अवस्था सामान्य

  • सजिना पुन (३०), बेनी–८, म्याग्दी — अवस्था गम्भीर

रत्नहरी अस्पताल, दमौली पठाइएका:

  • रचना भण्डारी (२३), भरतपुर, चितवन — अवस्था मध्यम

लक्ष्मी अस्पताल, डुम्रेमा उपचाररत:

  • ध्रुवराज सुवेदी (४२), पोखरा–२९, कास्की — अवस्था सामान्य

  • सचिन दुवा (३५), पोखरा–३२, कास्की (बस चालक) — अवस्था सामान्य

  • सुवास चन्द्र यादव (२४), चुन्म–१, महोत्तरी — अवस्था मध्यम

  • सीता श्रेष्ठ (३२), बुलिनटार–१, नवलपुर — अवस्था सामान्य

  • समीर श्रेष्ठ (११), बुलिनटार–१, नवलपुर — अवस्था सामान्य

  • साने विश्वकर्मा (३६), ज्वालामुखी–५, धादिङ (सह-चालक) — अवस्था मध्यम

  • साननानी गुरुङ (३०), भानु–६, तनहुँ — अवस्था मध्यम

  • बखत बहादुर गुरुङ (३८), कोलाहसोथर–५, लम्जुङ — अवस्था मध्यम

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।