तनहुँ, साउन २७ – तनहुँ जिल्ला अदालत बार इकाईको आयोजनामा नेपाल कानुन व्यवसायी परिषद्को ३२औँ स्थापना दिवसको अवसरमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

तनहुँ जिल्ला अदालतका माननीय न्यायाधीश कमलराज बिष्ट र राजेश कुमार कटुवालले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भयो भने उपाध्यक्ष विष्णुभक्त सिग्देलले स्वागत मन्तव्य राख्नुभयो।

अध्यक्षता अधिवक्ता सरिता भण्डारीले गर्नु भएको कार्यक्रममा कानुनको प्रभावकारिता र न्यायमा सर्वसाधारणको पहुँचबारे छलफल गरिएको थियो। कार्यक्रमको सञ्चालन सचिव माधव घिमिरेले गर्नुभएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।