पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल कास्कीको आयोजनामा पाेखरामा छलफल तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएकाे छ । भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुको जग्गा प्राप्तिका लागि भूमि आयोग एवं जनप्रतिनिधि, राजनीतिक दल र सरोकारहरुसंग कार्यक्रम आयाेजना गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष बैन बहादुर गुरुङले भूमि समस्या समाधान कै लागि आयोग गठन भएकोले स्थानीय तहले यथार्थ विवरण आयोगमा उपलब्ध गराएको केहि समय मै आफूबाट कुनै पनि काम नरोकिने बताए ।

पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडामा वसोवास गरेका सबैलाई यहि वासको व्यवस्था गर्न पाए राम्रो हुने वताउँदै भूमि सम्बन्धि समस्याको समाधानको लागि आफू सधैं सकरात्मक भएको वताए ।

राष्ट्रिय भूमि अधिकार मञ्च गण्डकीका अध्यक्ष् रामबहदुर लामिछानेले वास्तविक सुकुम्वासीलाई मात्र जग्गा धनी पूर्जा दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग कास्कीका प्रवक्ता आस बहादुर गुरुङ स्थानीय निकाय, स्थानीय वासिन्दाको सहयोगले मात्र आयोगले कार्य गर्न सक्ने वताए ।

पाेखरा महानगरका कार्य पालिका सदस्य गोपि तुलाचन, नेपाली काँग्रेस पोखरा ९ का सभापति शिवराज बास्तोला, नेकपा एमाले पोखरा ९ की अध्यक्ष सरस्वती श्रेष्ठ, माओवादी केन्द्र पोखरा ९ का अध्यक्ष असिम तामाङ, स्थानीय जित बहादुर मोक्तान र गोमा पराजुली तामाङले आयोगले समस्या समाधान गर्ने गरी काम गर्न अनुरोध गरेका थिए ।

भूमि अधिकार मञ्च कास्की अध्यक्ष प्रेम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भूमि अधिकार मञ्च पोखरा महानगरका अध्यक्ष कृष्ण परियार र कार्यक्रम संचालन मञ्च कास्कीका सचिव कुमारी गुरुङले गरेकी थिईन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।