काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहकाअ धिकृतस्तरका कर्मचारीका लागि सुरु गरेको ३२ दिने सेवा कालीन तालिमको उद्घाटनमा मन्त्री भगवती न्यौपानेले तालिमलाई बढुवाका लागि मात्र अंक कमाउने माध्यममा सीमित नगरी जनमुखी र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो।
उहाँले सेवा समूह अनुसारको आवश्यकता र जिम्मेवारी अनुसार विशिष्ट ज्ञान र सीप दिने व्यवस्था विकास गर्नुपर्ने बताउनुभयो। तालिमले कर्मचारीको ज्ञान मात्र होइन, व्यवहारिक दक्षता, जिम्मेवारी बोध र जनतासँगको सम्पर्क सुधार गर्नुपर्नेमा मन्त्री न्यौपानेको जोड छ।
यस प्रकारका तालिमले प्रशासनिक सुधार, पारदर्शिता, उत्तरदायित्व र नीति कार्यान्वयनमा गति ल्याउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा तालिमका लक्ष्य, कार्ययोजना र विषय वस्तुबारे विस्तृत जानकारी दिइयो।