तनहुँ, श्रावण २६

 व्यास–१०, बैरेनीस्थित सनसारी माई मन्दिरको भूमि पूजन तथा शिलान्यास कार्यक्रम सोमबार विधिवत् सम्पन्न भएको छ।

कार्यक्रम तनहुँ दरै समाजका प्रथम उपाध्यक्ष तथा बैरेनी दरै समाजका अध्यक्ष बेल बहादुर दरैको अध्यक्षतामा सम्पन्न भएको हो। सो अवसरमा समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मन्दिर निर्माणको लागि गरिएको यस भूमि पूजनलाई सहभागीहरूले धार्मिक आस्था र सांस्कृतिक संरक्षणको महत्वपूर्ण पहलको रूपमा स्वागत गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।