दमौली, साउन २६ ।
व्यास–४ स्थित पराशर कलेजमा कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कलेज प्रमुख अमृत भण्डारीले विद्यार्थीहरूको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै आगामी दिनमा थप अनुशासित र ऊर्जाशील भई शिक्षा हासिल गर्न आग्रह गरे।
कलेजका अध्यक्ष सूर्यचन्द्र हड्ख, सहायक क्याम्पस प्रमुख नारायण ढकाल र मिन बहादुर कार्कीले समेत विद्यार्थीहरूको सफलता प्रति शुभकामना व्यक्त गरे। यस वर्ष कक्षा १२ मा ७६.२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको कलेजले जनाएको छ।