काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीका गुनासो सुन्न र समाधान गर्न स्थापना गरेको गुनासो व्यवस्थापन केन्द्र २०८२ साउन ८ गतेदेखि सक्रिय भएको छ। मन्त्री भगवती न्यौपानेको निर्देशनमा सुरु भएको यो केन्द्रले गुनासो संकलन, वर्गीकरण र सम्बोधनको जिम्मेवारी पाएको छ।
उपसचिव भुपेन्द्र सापकोटाको नेतृत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुव्वा नवराज पराजुली सहितको टोलीले केन्द्र सञ्चालन गरिरहेको छ। सामान्य प्रकृतिका गुनासो तत्काल समाधान हुने र जटिल/नीतिगत गुनासो एक महिनाभित्र सम्बोधन गर्ने व्यवस्था गरिएको छ।
सुरु भएको छोटो समयमै मन्त्रालयसँग सम्बन्धित १०० भन्दा बढी गुनासो प्राप्त भइसकेका छन्, जसमा केही समाधान भइ सकेका र बाँकी क्रमशः फर्च्यौट भइरहेका छन्। गुनासो दर्ताका लागि gunaso@mofaga.gov.np मा इमेल पठाउन वा Whatsapp/Viber मार्फत ९८५१२७७२११ मा सम्पर्क गर्न सकिने छ।