तनहुँ,

सामाजिक सेवा वातावरण संरक्षणमा सक्रिय टिम नेपो तनहुँले आफ्नो ७औं स्थापना दिवसको अवसरमा व्यास नगरपालिका स्थितरमणीय मानुङकोटमा झण्डोत्तोलन तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. का अध्यक्ष विष्णु कुमार श्रेष्ठ तथा विशिष्ट अतिथि वडा नं. का अध्यक्ष जीवन गुरुङ रहेका थिए।

कार्यक्रम अन्तर्गत टिम नेपोका सदस्यहरूले प्राकृतिक सुन्दरताले भरिपूर्ण मानुङकोट डाँडामा राष्ट्रिय झण्डा फहराएका थिए। साथै वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले विविध जातका बिरुवा रोप्ने वृक्षरोपण अभियान पनि सञ्चालन गरिएको थियो। सो अवसरमा टिम नेपोका पदाधिकारी, सदस्य, स्थानीयवासी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा टिम नेपो तनहुँका अध्यक्ष राजु श्रेष्ठले यस्ता सकारात्मक सामाजिक रुपान्तरणमा आधारित गतिविधिहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।