दमौली ।
सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय सञ्जाल रोटरी क्लव अफ दमौलीको २५ औं पदस्थापन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी डिष्ट्रिक्ट ३२९२ का गभर्नर विनोद कोइरालाले रोटरी इन्टरनेशनलको भिजन, मिसन र लक्ष्यअनुसार आपसी समन्वय र सार्वजनिक सहयोग मार्फत समाज सेवामा क्लब सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा दमौली क्लवले उल्लेखनीय योगदान दिंदै आएको पनि बताउनुभयो ।
ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरी क्लवले निरन्तर सामाजिक सेवामार्फत समाजमा देखिने सकारात्मक प्रभाव र प्रतिष्ठा कमाएको भन्दै यसलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
सो अवसरमा रोटरी क्लव अफ दमौलीले तीन जना छात्र–छात्रालाई अध्ययनका लागि नगद सहयोग गरेको थियो ।
रोटा वर्ष २०२५/२६ का लागि नयाँ कार्यसमिति गठन सहितको पदस्थापन कार्यक्रममा ब्यास उपप्रमुख इन्द्रिरा दरै, ब्यास–२ का वडा अध्यक्ष काशिराम श्रेष्ठ, महिला उद्यमी संघ नेपाल, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष बैकुण्ठ मिश्र, तनहुँकी अध्यक्ष निर्मला मल्ल, इनर व्हिल क्लव दमौलीकी अध्यक्ष सिर्जना घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन सुवास गौतमले गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष जिवन कुमार श्रेष्ठले आफ्नो कार्यकालमा भएका गतिविधिबारे प्रस्तुत गर्नुभएको थियो ।
नयाँ कार्यसमितिमा अध्यक्ष विना कैनी, निवर्तमान अध्यक्ष जिवन कुमार श्रेष्ठ, उपाध्यक्षहरु नारायण मल्ल, किनकुमार श्रेष्ठ, योगिता श्रेष्ठ र शान्ताराम न्यौपाने, सचिव सुवास गौतम, कोषाध्यक्ष नविन श्रेष्ठ, सह–सचिव सुनिता आचार्य, सह–कोषाध्यक्ष रजिन लाल श्रेष्ठ लगायत चयन हुनुभएको छ ।
रोटरी क्लव अफ दमौली सन् २००० मा स्थापना भएको हो । रोटरी र रोट्रयाक्ट क्लवमा हरेक वर्ष जुलाई महिनाबाट नयाँ नेतृत्वको सुरुवात हुने परम्परा रहिआएको छ ।