भानु नगरपालिका निवासी नेकपा एमाले भानु नगर कमिटी सदस्य तथा समाजसेवी चन्द्र बहादुर क्षेत्री विगत एक वर्षदेखि मुटु सम्बन्धी समस्याबाट पीडित रहँदै आउनुभएको छ। करिब महिना अघि चितवन मुटु अस्पतालमा शल्यक्रिया गराइसक्नु भएका क्षेत्री हाल पुनःमुटुको चाल कमजोर भएपछि पेसमेकर (व्याट्री) राख्नुपर्ने अवस्थाका कारण काठमाडौंस्थित एचएएमएस (HAMS) अस्पतालमा उपचाररत हुनुहुन्छ।

यसै सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपाने स्वयं अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ। मन्त्री न्यौपानेले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा थप सहजीकरण समन्वयका लागि अस्पताल प्रशासनसँग आवश्यक छलफल संवाद गर्नुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।