साउन २०

मुक्ति समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने समक्ष उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान विकास समिति बादी विकास बोर्ड गठनको माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ।

ध्यानाकर्षण कार्यक्रममा समाजका प्रतिनिधिहरूले दलित तथा बादी समुदायलाई मुलधारमा ल्याउन समिति बोर्डको आवश्यकता माथि जोड दिएका थिए।

सो अवसरमा मन्त्री न्यौपानेले पेश गरिएका मागहरूको सम्बोधन हुने विश्वास दिलाउँदै सरकार उत्पीडित समुदायको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।