काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले तनहुँको भानु नगरपालिका–१ गन्धर्व टोल निवासी मिर्गौला पीडित भवानी गन्धर्वको उपचारमा सहजिकरण गर्न सम्बन्धित चिकित्सकलाई आग्रह गर्नुभएको छ।

मंगलबार बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगन्ज पुगेर मन्त्री न्यौपानेले उपचाररत भवानी गन्धर्वको स्वास्थ्य अवस्थाबारे उनका परिवारसँग जानकारी लिनुभएको थियो। सो क्रममा उहाँले अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँग भेट गरी उपचार प्रक्रियामा आवश्यक सहयोग र सहजता प्रदान गर्न अनुरोध गर्नुभएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।