तनहुँ, साउन २०

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको नेतृत्वमा एक प्रतिनिधि मण्डलले लमजुङको दोर्दी गाउँपालिकास्थित हटिया क्षेत्रको करिब ६५० रोपनीमा फैलिएको अकबरे खुर्सानी खेतीको अध्ययन तथा अवलोकन गरेको छ।

यस अवसरमा अध्यक्ष थापाले अकबरे खुर्सानीलाई व्यावसायिक रूपमा विस्तार गरी ग्रामिण आर्थिक विकासमा टेवा पुर्‍याउन सकिने उल्लेख गर्दै बन्दीपुरमा समेत यस किसिमका सम्भावनाहरू खोजी गरिने बताए ।

प्रतिनिधि मण्डलमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा कृषि क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। अवलोकन पछि टोलीले दोर्दी गाउँपालिकाले प्रबर्द्धन गरिरहेको आधुनिक कृषि अभ्यास किसानलाई उपलब्ध गराइएका सहुलियतका बारेमाजानकारी लिएको जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।