दमौली, साउन १९

मत्स्यगन्धाको प्रकाट्य भूमि, ब्रह्मऋषि पराशरको तपोभूमि तथा महर्षि वेदव्यासको जन्मस्थल व्यासगुफा परिसरमा श्रावण गतेदेखि सुरु गरिएको अखण्ड/असङ्ख्य महाकोटी होवन निरन्तर जारी छ। आज साउन १९ गते सोमबार पूर्वमन्त्री माननीय धनराज गुरुङले उपस्थित भई होवनमा सहभागिता जनाउनुभयो।

वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष एवम् ध्यानाचार्य खेमराज अधिकारीका अनुसार, यस महाकोटी होवन मार्फत गुरु दोष, पितृ दोष, कुल दोष, ग्रहदोष, कालसर्प दोष, अकाल मृत्यु तथा सम्पूर्ण कर्मदोषबाट मुक्ति पाउन सकिन्छ। उहाँले अहिलेसम्म यस्तो खालको महाकोटी होवन अन्यत्र कहीँ नभएको समेत बताउनुभयो।

अधिकारीले वेदव्यासको पुण्यभूमिमा भइरहेको यस धार्मिक अनुष्ठानले वैदिक सनातन संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण योगदानपुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

मादी सेती नदीको संगम स्थल नजिकै व्यासगुफा परिसरमा भइरहेको यो अहोरात्र महाकोटी होवनमा दैनिक भक्तजनहरूको घुइँचोलाग्ने गरेको छ। श्रावण महिनाभर निरन्तर यो अनुष्ठान चल्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।