संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई पोखरामा सम्मान गरिएको छ । नेकपा एमाले गन्डकी प्रदेश कमिटिको शनिबार पोखरामा बसेको बैठकमा कमिटिका अध्यक्ष नवराज शर्माले मन्त्री न्यौपानेलाई सम्मान गरेका थिए ।
गन्डकी प्रदेशको प्रतिनिधित्व गर्दै न्यौपाने मन्त्री नियुक्त भएकोमा बैठकले सम्मान गरेको हो । उक्त अवसरमा नेकपा एमालेका महासचिव शंकर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटि सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङ, स्थायी कमिटि सदस्य खगराज अधिकारी, प्रदेश कमिटिका अध्यक्ष नवराज शर्मा लगायतले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।