काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नर्वेको अध्यक्ष पदमा श्रद्धासिंह थापा निर्वाचित भएका छन् । नर्वेको राजधानी ओस्लोमा भएको महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । सो महाधिवेसनले देवभक्त श्रेष्ठलाई उपाध्यक्षमा चुनेको छ । महिला उपाध्यक्ष सम्झाना वाग्ले (घिमिरे) निर्वाचित भएकी छन् ।
तथ्याङ्क अनुसार नर्वेमा लाखौंको संख्यामा नेपालीहरु बसोबास गर्दै आएका छन् । उनीहरूको हकहित, सेवा, समन्वय र समस्यामा गैरआवासीय नेपाल संघ क्रियाशील रहँदै आएको छ ।
सो अधिवेशनले महासचिवनमा पशुपतिप्रसाद भण्डारी, कोषाध्यक्षमा सागर घिसिङ र सहकोषध्यक्षमा रीता परियारलाई चुनेको छ । केन्द्रीय परिषद सदस्यमा ईश्वरीप्रसाद खनाल, युवा संयोजकमा प्रदीप शर्मा, सदस्यहरुमा चन्दा शाह, अर्जुन पाण्डे, मनिषा अधिकारी, मनिता मिश्र, रुपेश श्रेष्ठ निर्वाचित भएका छन् ।
महाधिवेशनलाई सम्वोधन गर्दै निर्वाचित महिला उपाध्यक्षले आगामी दिनमा संस्थासँग सहकार्य गर्दै प्रवासी नेपालीको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष थापाले यस जिम्मेवारीलाई अवसर र चुनौती दुबैका रूपमा स्वीकार गर्दै समावेशी नेतृत्व र प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाए । नवनिर्वाचित उपाध्यक्ष देवभक्त श्रेष्ठले संघले नर्वेमा रहेका नेपालीहरुलाई आइपर्ने विविध समस्या समाधानको लागि समर्पित भएर सक्रिय भूमिका खेल्ने बताए ।
सो महाधिवेशनमा विभिन्न क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएका एनआरएन पदाधिकारी, समाजसेवी, नर्वेमा बसोबास गर्दै आएका विभिन्न पेशा व्यवसायसँग आवद्ध भएका महानुभावहरूको उल्लेखनीय उपस्थिति थियो । विजय ¥याली समेत निकालिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।