श्रावण १५, बन्दिपुर (तनहुँ)
याम्पाढाबको एक घरमा असाध्यै पीडा छाएको छ। ब्लड क्यान्सरसँग १८ वर्षसम्म लड्दै आएका ४७ वर्षीय भिमबहादुर क्षैत्री अन्ततःजीवनसँग पराजित भए। तर उनको मृत्यु केवल एउटा परिवारको शोक मात्र होइन, एउटा समाजलाई सोच्न बाध्य पार्ने कथामय घटनाबन्यो।
२९ वर्षकै उमेरमा ब्लड क्यान्सर लागेको थाहा पाएपछि भिमबहादुर जीवनसँग झगडा गर्न थाले। थाकेका हात, तर नहार्ने मन। परिवारको पेट पाल्न र छोरीहरूको भविष्य बनाउन उनले पृथ्वी राजमार्ग छेउको सानो होटल खोले। होटलका भाँडाकुचोबीच पनि उनले सपनापोषित गर्थे— आफ्ना छोरीहरू पढून्, अगाडि बढून्, समाजले गर्व गर्ने व्यक्तित्व बनून्।
श्रीमती ममताले पनि काँधमा काँध मिलाइन्। बिहान बेलुकाको होटल धपाए, बाख्रा पालन थपे। औषधि भारतबाट मगाउनु पर्ने, खर्चभारी, छोरीहरू साना। तर दम्पतीले आँसु पुछ्दै आफ्नो संघर्षलाई हाँसोले ढाक्थे।
छोरीहरू निशा र अनिशा पढाइमा तेज देखाइन्। समाजले “भिम बहादुरका छोरीहरू त आँखाका नानी हुन्” भन्थ्यो। उनको संघर्ष रमेहनतको फलस्वरूप आज दुवै छोरी अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनरत छन्।
तर भाग्य क्रूर भयो। रोग फेरि चर्कियो। छोरीहरू बुबालाई अन्तिम पटक भेट्न अष्ट्रेलियाबाट दौडिइन्। तर अस्पतालमा पुग्दा बुबाथाकिसकेका थिए, उपचार सम्भव भएन।
मृत्युपछि गाउँभरि चर्चा चल्यो—
“छोरीले काजकिरिया गर्दैनन्।”
तर निशा र अनिशाले आँसु पुछ्दै भनिन्,
“हामी बुवाका छोरी मात्र होइन, सन्तान हौं। आज बुवाको काँधमा हामी हौं।”
त्यसपछि दुवै बहिनीले बुवाको पार्थिव शरीर काँधमा बोकेर घाटसम्म पुर्याए। समाजले अपेक्षा नगरेको दृश्यले धेरैलाई रुवायो। दुवैजनाले बुवा शरिरमा दागबत्ती दिए ।
भिमबहादुर अब छैनन्, तर उनले छोडेको सन्देश अझ बाँकी छ—
“सन्तान सन्तान हुन्छन्, लड्ने हिम्मत कहिल्यै हराउन हुँदैन।”