तनहुँ, साउन १५ ।
तनहुँ उद्योग वाणिज्य संघले आबुखैरेनी गाउँपालिकाभित्रका विभिन्न स्थानमा २३ वटा डस्टबिन वितरण गरेको छ।
संघका सचिव शिवओम मल्ल र संघको आबुखैरेनी इकाइका सभापति भगवान श्रेष्ठले आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमन र डा. डी.बी. क्षेत्रीलाई तीन वटा डस्टबिन तथा फेर्म हस्तान्तरण गरेका हुन्।
यसबाहेक, छिम्केश्वरी, आदिमूल, अक्कला मन्दिर, बुद्ध गुम्बा, सत्यसाँई केन्द्र, पारि अक्कला मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय स्थलमा पनि डस्टबिन राखिएको संघका सचिव मल्लले जानकारी दिए।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष शुक्र चुमनले आबुखैरेनी अस्पतालका लागि थप तीन सेट डस्टबिन आवश्यक भएको बताउँदै सहयोगको अपेक्षा व्यक्त गरेका थिए। जसअनुरूप तनहुँ उद्योग वाणिज्य संघका सचिव मल्लले आवश्यक डस्टबिन उपलब्ध गराउने प्रतिबद्धता जनाए।