म्याग्दे, साउन १३ – न्यु भिजन युवा क्लव म्याग्देको पाँचौं अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
नव निर्वाचित कार्यसमिति अध्यक्षमा सन्तोष श्रेष्ठ, उपाध्यक्षमा अमिर श्रेष्ठ, सचिवमा अवजित श्रेष्ठ, सह–सचिवमा विधान रानाभाट, कोषाध्यक्षमा विनोद बिक, सह–कोषाध्यक्षमा रेश्मा श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा वर्षा श्रेष्ठ, सरोज रानाभाट, निरोज श्रेष्ठ, देव सुनार, जमुना शाही, सफलता गौली र जोन श्रेष्ठ रहेका छन्।