दमौली, व्यास नगरपालिकाका शिसाघाट स्थित महेन्द्रज्योती माध्यमिक विद्यालयमा आयोजित पूर्नमिलन कार्यक्रममा पूर्वविद्यार्थीहरू एकत्रित भएर भव्य रूपमा मनाएका छन्। शिक्षा, सद्भाव र सामाजिक उत्तरदायित्व माथि केन्द्रित यस कार्यक्रममा विद्यालय समुदाय र पूर्व विद्यार्थीहरूको उत्साह देखिन्थ्यो।
कार्यक्रमका मुख्य अतिथि विद्यालयका संस्थापक र सस्थापक प्रधानाध्यापक डा. डम्बरदेव कैनी थिए, जसले “यस्ता बैठकहरूले साथीभाइ बीच सौहार्द, सद्भाव र प्रेम विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ” भने। अन्य विशिष्ट अतिथि संविधान सभा सदस्य सवित्रीदुराले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू निरन्तर गरी एकतामा बल ल्याउन आव्हान गरिन्।
कार्यक्रमको अध्यक्षता मञ्च अध्यक्ष भानु चापागाईले गरेका थिए। कार्यक्रममा उपस्थित अन्य प्रमुख अतिथिहरूमा विद्यालय व्यवस्थापन अध्यक्ष विनोद हिमाल, प्रधानाध्यापक हरिराज काफ्ले, नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष चन्द्रमणी कोइराला, निवर्तमान अध्यक्षरामचन्द्र पोख्रेल “आरसी”, नागर्जुन नगरपालिका शिक्षा उपसचिव सूर्यनाथ कोईराला, मञ्च सचिव राजिव ओझा, सदस्य सविता कर्माचार्य, र पूर्व विद्यार्थीहरू बलराम घिमिरे, कृष्ण नागिला लगायत थिए।
अतिथिहरूले संयुक्त रूपमा भन्ने गरेका थिए कि पूर्व विद्यार्थी मञ्चले सामाजिक कार्यमार्फत आफ्नो पहिचान निर्माण गरेको छ, रआगामी दिनहरूमा सामाजिक उत्तरदायित्वको कार्यहरू अझै प्रभावकारी रूपमा अघि बढाउनु आवश्यक छ।