तनहुँ, साउन १२ ।
आबुखैरेनी गाउँपालिका–३ नमुना खत्री टोल मुनी मस्याङ्दी खोलामा सोमबार एक अज्ञात पुरुषको शव फेला परेको छ।
स्थानीय नेत्र श्रेष्ठका अनुसार माछा मार्न खोलातर्फ गएका बासिन्दाले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर शवलाई आफ्नो जिम्मा लिएको हो।
स्थानीयले शवको उमेर अन्दाजी ३५ देखि ४० वर्षको पुरुषको रहेको अनुमान गरेका छन्। तर, हालसम्म मृतकको पहिचान खुलेको छैन।
प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएकोछ।