काठमाडौं, साउन चर्चित गायिका रचना रिमालले नयाँ तीज गीतबामरी बसायोसार्वजनिक गरेकी छन्। एलिना चौहान इन्द्रकलाराईसँगको सहकार्यमा ल्याइएको यस गीतमा तीजको उमंग, माइती सम्झना रमाइलो शैलीमा प्रस्तुत गरिएको भावना समेटिएको छ।

रचना रिमालकै प्रस्तुति रहेको गीतमा यी तीन गायिकाहरूको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा दीपक शर्माले शब्द तथा संगीत रचनागरेका छन् भने नरेन्द्र बियोगीले संगीत संयोजन गरेका हुन्।

गीतको भिडीयो पनि उत्तिकै आकर्षक बनेको छ। रचना, एलिना, इन्द्रकलासँगै अनुपा बिष्टको अभिनय नृत्य रहेको भिडियोमा सुरेन्द्रबसेलले कोरियोग्राफी गरेका छन्। भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन्।

नवराज उप्रेतीले छायांकन मिलन विश्वकर्माले सम्पादन गरेका भिडीयोमा माइती घरको सम्झना, नाचगानको उमंग महिला पर्वतीजको मौलिक स्वाद भेट्न सकिन्छ।

https://youtu.be/DSEdhGrJZpU?si=7TYyL9h_EdXwErVl

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।