तनहुँ,
पृथ्वीराजमार्ग अन्तर्गत ब्यास नगरपालिका–१ तालघरेमा मंगलबार साझ दुई स्कुटर आपसमा ठोक्किँदा एक जना महिला घाइते भएकी छन्।
ग २६ प ३७७८ नम्बरको स्कुटर तालघरेबाट दमौलीतर्फ जाँदै गरेको र ग २६ प ४४७७ नम्बरको स्कुटर दमौलीबाट घासिकुवा जाँदै गर्दा एकआपसमा ठोक्किएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ।
दुर्घटनामा ग २६ प ४४७७ नम्बरको स्कुटरमा पछाडि सवार ब्यास नगरपालिका–१० डिहिगाउँकी रश्मी थापा घाइते भएकी हुन्। थापाकोहाल दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।