राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका नेता प्रकाश लौडारीलाई तनहुँ प्रहरीले धारिलो हतियार (खुँडा) देखाएर आतंक मच्चाएकोआरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार, लौडारीले भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु–१३ निवासी अशोक अधिकारीलाई धम्की दिएका थिए। उनी अभद्रव्यवहार मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी हिरासतमा छन्।
लौडारीले मादक पदार्थ सेवन गरी अर्धनग्न अवस्थामा चन्द्रावती बजारमा खुँडा लिएर होहल्ला गरेका थिए। स्थानीयले प्रहरीलाई खबरगरेपछि उनी भागेका थिए, तर पछि इलाका प्रहरी कार्यालय, भानुले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको भिडियो पनि सार्वजनिकभएको छ। लौडारी हाल काठमाडौंमा बस्दै आएका छन् र रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनका लागि भानु आएका थिए।